Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते...

  • काठमाडौं । सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका(११ स्थित भलुवाहीमा मंगलबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।

    images
    images
    images

    दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका(५ का २० वर्षीय रुपेश महतोको मृत्यु भएको हो । यस्तै, मोटरसाइकलमा पछाडि सवार विष्णुपुर गाउँपालिका(१ का ३२ वर्षीय प्रदीपकुमार पासवान घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको प्र ०१(०२(०१ प ०४३४ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो । त्यसपछि घाइते भएका दुवै जनालाई सिरहास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

    images

    अस्पतालले महतोलाई मृत घोषणा गरेको तथा दुवै खुट्टामा चोट लागेका पासवानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij