
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । मोरङको बेलबारी नगरपालिका–७ को गणेश काष्ठ उद्योग ९फर्निचर०मा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ ।बेलबारी–७ नहर चोकमा गणेश भन्ने भदीलाल चौधरीले सञ्चालन गर्दै आएको फर्निचरमा मंगलबार राति १०बजेतिर आगलागी हुँदा काठबाट बनेका दराज, पलङसहित फर्निचरका सामान राखिएको घर जलेर ध्वस्त भएको मोरङ प्रहरीले जनाएको छ ।
आगलागीमा १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान रहे पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij