
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलकुमार थारूको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थारूको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको हो । जानकी गाउँपालिका–३ घर भएका उनी कुणीमा मोटरसाइकल दुर्घटना परेर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका थारूलाई आफन्तले उपचारका लागि कोहलपुर लगेका थिए । कोहलपुर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij