
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । पोखरा महानगरपालिका(१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij