
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का ८ जना कार्यकर्ता पक्राउ परेका छन् । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको थियो । सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा मंगलबार निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो । यसअघि प्रहरीले प्रदर्शनकारीमाथि चार सेल अश्रुग्यास प्रहार गरेको थियो । लामिछानेलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij