
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउत छन् ।
नेशनल सेन्ट्रल ब्यूरो ९एनसीबी० कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको छ । उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij