
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा दुई व्यक्ति मृत फेला परेका छन् । टोखा नगरपालिका(५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका(२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् । बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।
सुनसरीको धरान उपमहानगरपालिका(१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij