Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

झिलीमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

  • काठमाडौं । दाङको तुलसीपुरमा तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले  बताए । बिहान सवा १० बजेतिर किशोरले तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउना साथ बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij