
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । सिराहाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक किशोरको शव फेला परेको छ । स्थानीय १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो । लहान प्रहरीले अहिले शव घटनास्थलमै रहेको र घटनास्थलको प्रकृति मुचुल्का उठाउने काम भइरहेको बताए । प्रहरीले घटनाबारे थप विवरणहरू आईनपुगेको बताएको छ ।उनी कसरी त्यहाँ पुगे र मृत्यु कारणबारे प्रहरीले खोज तलास गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij