
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट करिब आधा केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुरका २३ वर्षीय एलिस ढकाल रहेका छन् । लुप्र ०३(००१ ख ००९९ नम्बरको यात्रुवाहक बसबाट नेपालगन्ज गइरहेका ती युवकलाई जाँच गर्ने क्रममा उनको साथबाट ५ सय २ ग्राम सुन भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij