
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । दाङमा राप्ती नदीले बगाउँदा एक युवतीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–३ कालिपुरूवाकी १६ वर्षीया विद्यावती यादवको मृत्यु भएको हो । बुधबार बेलुका सवा ६ बजे लमही नगरपालिका–८ बाट घर फर्किने क्रममा राप्ती नदीमा भौंसी तार्ने क्रममा बगेर बेपत्ता भएकी थिइन् ।
खोजी गर्ने क्रममा उनको शब बिहीबार बिहान साढे ८ बजे लमही–८ धनपुरूवास्थित राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए । ‘बुधबार बेलुका भैंसी मात्र घर पुगेपछि परिवारले खोजी कार्य सुरू गरेका थिए,’ डिएसपी थापाले भने । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij