
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । दाङ लमहीमा बिहीबार तीन भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । लमही नगरपालिका–३, वनगाउँ हरियाली टोल निवासी ४० वर्षीय गणेश कुमाललाई घरमा लुकाई राखेका हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाले बताए । उनका अनुसार घरमा अवैधरुपमा हतियार र खरखजना लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा तीन थान भरुवा बन्दुक, दुई थान नाल, बारुद, गोली, छर्रा लगायतका सामान बरामद गरेको उनले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको थापाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij