Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

बालिकाको मृत्युपछि अस्पतालमा तनाव, ३ जना चिकित्सक पक्राउ

बालिकाको मृत्युपछि अस्पतालमा तनाव, ३ जना चिकित्सक पक्राउ

  • काठमाडौं । हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी ९ वर्षीया बालिकाको मृत्यु भएपछि डोटीको सुजङ अस्पतालमा तनाव भएको छ ।
    दिपायल सिलगढी नगरपालिका–३, की ९ वर्षीया रजनी भुलको  बुधबार राति मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पताल परिसरमा प्रदर्शनका साथै तोडफोड गरेका छन् । चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीय अस्पताल तोडफोडमा उत्रिएका हुन् । अस्पतालमा थप क्षति हुन नदिन र घटनाको अनुसन्धानका लागि उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले लोकान्तरलाई जानकारी दिए । थप क्षति हुन नदिन उहाँहरूलाई नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान भइरहेको छ, उनले भने । उपचारमा संलग्न डा। राजमणि यादव, डा । सुरेन्द्रकुमार चौधरी र डा । अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको खुलेको छ । त्यसपछि बालिका होसमा नआएकी शर्माले बताए । एसपी शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृतकका आफन्तले बालिकाको शव बुझ्न मानेका छैनन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij