Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

सिकार खेल्दा साथीले चलाएको गोली लागेर एक जनाको मृत्यु

सिकार खेल्दा साथीले चलाएको गोली लागेर एक जनाको मृत्यु

  • काठमाडौं । सिकार खेल्न गएका आफ्नै साथीले हानेको गोलीबाट एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको स्थानीय २५ वर्षीय चेतन राईले हानेको भरुवा बन्दुकको गोलीबाट मृत्यु भएको हो ।

    images
    images
    images

    उनीहरू दुवैजना बुधबार राति हात्तीढुङ्गे जंगलमा सिकार खेल्न गएको र साथीको गोलीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरलेलले बताए ।

    images

    घटनापछि जंगलमा लुकेर बसेको चेतनलाई लोकेसन ट्रयाक गरेर बिहीबार पक्राउ गरी राती जिल्ला ल्याइएको पोखरेलले सुनाए । घटनास्थलमा मृतकले बोकेको लोड गरेको एक नाल भरुवा बन्दुक र चेतनले चलाएको एक नाल फायरिङ भइसकेको भरुवा बन्दुक बरामत गरेको पोखरेलले बताए ।

    images

    मुद्दा दर्ता गरेपछि घटनाबारे थप अनुसन्धान बढाइने पोखरेलले बताए । मृतकको शव जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार पबहान १० बजेबाट पोष्टमार्टम भइरहेको पोखरेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij