
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । दैलेख र सुर्खेतको सिमानामा हाइस दुर्घटना भएको छ । शुक्रबार दिउँसो करिब १ः४० बजेतिर दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको हाइस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । घाइतेलाई सुर्खेत ल्याउने तयारी गरिएको छ ।
गाडीमा ३० देखि ३५ जना यात्रु रहेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण भने आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij