
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । ओखलढुंगा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडास्थित फ्रेन्डसिप वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
वर्कसपका सञ्चालक सुनकोसी गाउँपालिका–९ बस्ने २८ वर्षीय लेखबहादुर सुनुवारसहित ६ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७०० रुपैयाँ, सात थान मोबाइल र एक बुक ताससहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij