
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । प्रहरीले शुक्रबार अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। मोरङ, कैलाली र दार्चुलाबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका(४ खाप बस्ने ४२ वर्षीय राजु राई छन्। उनी अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ४२ मिलिग्रामसहित शुक्रबार बिहान पक्राउ परेका हुन् ।
राईको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका(१ तिल्केनी बस्ने २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई पनि अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्रामसहित प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पदमको घरमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग ३ च ३३५१ नम्बरको बोलेरो जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जीपमा सवार वीरेन्द्र र जीपका चालक लोकेन्द्रलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij