
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । कैलाली र कञ्चनपुरबाट लागु औषधसहित ७ जना युवक पक्राउ परेका छन् । कैलालीबाट ५ र कञ्चनपुरबाट २ युवकलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट धनगढी–१३ का १९ वर्षीय निरज राना र सोही ठाउँका २१ वर्षीय सुनिल राना पक्राउ परे । प्रहरीका अनुसार निरजले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलको अगाडीको हेडलाइटको भागमा लुकाएको ५ ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ ।
मोटरसाइकलको पछाडि सवार अर्का युवक सुनिललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट तीन जना पक्राउ परे। धनगढी उपमहानगरपालिका–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय किशोरलाई १५० मिलिग्राम लागुऔषध खैरो हेरोइन र १ ग्राम ५६० मिलिग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परे । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रकाश चन्द छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij