Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

लागूऔषधसहित कैलालीका पाँच जना पक्राउ

लागूऔषधसहित कैलालीका पाँच जना पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय निरज राना, २१ वर्षीय सुनिल राना, धनगढी–२ का २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोरसहित तीन जना लागुऔषधसहित पक्राउ परेका हुन् ।

    images
    images
    images


    धनगढी–१३ का निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार २१ वर्षीय सुनिल रानासँग ५ ग्राम ८४० मिलिग्राम लागूूऔषध फेला परेपछि दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी–३ भन्सार कार्यालय नजिकबाट नियन्त्रणमा लिएको हो ।

    images

    यसैगरी धनगढी–२ रामजानकी मन्दिर नजिकबाट २३ वर्षीय रोशन खड्का, धनगढी–३ का २१ वर्षीय अमित शर्मा र १६ वर्षीय एक किशोर पनि एक ग्राम १५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । लागुऔषधसहित से ५ प ४१२६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij