
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा शनिबार ९हिजो० दिउँसो दुई स्थानबाट प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–६, सिगारेपाटीका ४६ वर्षीय दीपक कार्कीको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको छ । नगद ७९ हजार ५२० रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित रणकालिका गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरिएको छ । धादिङको गजुरी गाउँपालिका–८ का ५२ वर्षीय नानिकाजी बस्नेतको उक्त गेस्टहाउसबाट उनीसहित पाँचजनालाई पक्राउ गरिएको हो ।नगद ४३ हजार १६० रुपैयाँ र २० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij