Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ

बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ

  • काठमाडौं । धुलिखेल स् बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका(७ धारापानी स्थित पुजारी थुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठ रहेका छन् । ७४ वर्षीय बल बहादुर श्रेष्ठलाई अंशबारे भएको विवादपछि छोराले आग्लोले हानेका थिए । आग्लोले हानेर बुबा ढलेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार राति खाना खाएपछि रामलालले बुबासँग अंश माग गरेका थिए । बुबाले सबै भाइलाई बोलाएपछि मात्र अंश दिने बताएका थिए । यसै विषयमा बाबुछोराबीच भनाभन भयो। त्यस लगत्तै छोराले हँसिया उठाए । तीनरचार पटक बाबुको अनुहारमा प्रहार गरे । त्यसपछि ढोकामा भएको आग्लो निकालेर हाने । बुबा ढलेपछि घाँटी थिचेर हत्या गरे । हत्या गरेर फरार भएका उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij