Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

कालिकोटमा जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु,

कालिकोटमा जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु,

  • काठमाडौं । कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका वडा नम्बर ३ मा आइतबार दिउँसो साढे २ बजेतिर बलेरो जीप दुर्घटना भएको हो ।
    दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
    उनका अनुसार मृतकको संख्या अझै यकिन हुन सकेको छैन । स्थानीयले ८ देखि ९ जनाको मृत्यु भएको बताएको उनले नेपालभ्युजलाई जानकारी दिए । उक्त जीप स्थानीयस्तरमा चल्ने गरेको जानकारी प्राप्त भएको उनले बताए । दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले प्रहरी, सेनाको टोली गएको छ । दुर्घटनामा केही घाइते भएको र उनीहरुको उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकप्टर माग गरिएको पनि उनले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij