
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । झापामा करिब एक साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु भएको छ । हल्दिबारीका गाउँपालिका–२ का अन्दाजी २१ वर्षीय सुमन मर्डीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत कात्तिक १८ गते भाइटीकाको साँझ ७स्१५ बजे भद्रपुर नगरपालिका– १० त्रिवेणी टोलमा धनुषमोडबाट केन्द्रमोडतर्फ आउँदै गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक मर्डी घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । घाइतेको अवस्था गम्भीर हुँदै गएपछि सोही दिन राति ९स्३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँबाट कात्तिक २३ गते थप उपचारको लागि भारत पुर्याएको थियो । उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि आफन्तजनले घरमा ल्याई राखेका थिए ।
कात्तिक २५ गते न्यूरो अस्पताल विराटनगर लगेर सामान्य उपचार पश्चात् पुनः घरैमा ल्याएको र गएराति साढे १२ बजे उनको घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij