Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते

  • काठमाडौं । जाजरकोटमा फोर्स गाडी दुर्घटना भएको छ । आज साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाले जानकारी दिए ।

    images
    images
    images

    बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो । 

    images

    २१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए । गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij