Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

  • काठमाडौँ । लागुऔषधसहित देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
    लमजुङ, बेसीशहर नगरपालिका(७ भुपु सैनिक स्कुल नजिकबाट नियन्त्रित लागुऔषध ट्रमाडोल ३ सय ५३ क्याप्सुल र नगद ३५ हजार ४ सय ३० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेसीशहर नगरपालिका(७ सातबिसे बस्ने २७ वर्षीय उमेश गुरुङ र मर्स्याङदी गाउँपालिका(८ सिमलचौर बस्ने २६ वर्षीय खोम बहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
    मोरङ, विराटनगर महानगरपालिका(१७ मटेर्वा चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोख्रेल र सोही महानगरपालिका(१० तीनटोलिया बस्ने ४२ वर्षीय कुशल थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३(०२(००६ प ३०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी मोरङ, विराटनगर महानगरपालिका(१६ हुलास चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका(६ गछीया बस्ने ३२ वर्षीय युवराज खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij