Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

हिमाल चढेर फर्किएका गाइड लडेर बेपत्ता

हिमाल चढेर फर्किएका गाइड लडेर बेपत्ता

  • काठमाडौं । मर्दी हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर पर्यटक गाइड ९पथ प्रदर्शक० बेपत्ता भएका छन् । नर्वेका नागरिकसँग हिमाल चढ्न सहयोगीका रुपमा गएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङ बेपत्ता भएका हुन् ।
    उनी आइतबार दिउँसो हिमाल आरोहण पूरा गरेर फर्कने क्रममा दिउँसो साढे २ बजे लडेर बेपत्ता भएको वडाध्यक्ष हरिबहादुर क्षेत्री ९राजेन्द्र० ले बताए । हिमाल आरोही नर्वेका नागरिकले हाइक्याम्प आएर साँझ ८ बजे गाइड वेपत्ता भएको स्थानीय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए ।‘लालबहादुर करिब ८ सय मिटर तल खसेको छ । उनी लढेको ठाउँमा रगत लत्तपतिएको देखिन्छ’, आरोहीको भनाइलाई उदृत गर्दै वडाध्यक्ष क्षेत्रीले भने । वेपत्ता भएका लालबहादुरको मृत्यु भएको आशंका गरिएको छ । उद्धारका लागि हलिकोप्टर बिना सम्भव नरहेको क्षेत्रीको भनाइ छ ।उनीहरु हिमाल चढ्नलाई शुक्रबार हाइक्याम्पबाट मर्दी हिमालतर्फ लगेका थिए । वडाध्यक्ष क्षेत्रीका अनुसार उनीहरु सनराइज कम्पनी काठमाडौंमार्फत आएका हुन् ।टोलीमा हिमाल आरोहणका लागि आएका नर्वेका नागरिक एक जना र नेपाली ४ जना थिए । वेपत्ताको खोजीका लागि कम्पनीसँग पनि समन्वय भइरहेको बताइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij