Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

एकै दिनमा ५ जना फरार प्रतिवादी पक्राउ

एकै दिनमा ५ जना फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । रौतहटका विभिन्न स्थानबाट सोमवार एकै दिन ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार जुवा मुद्दामा दोषी ठहर भएका गरुडा नगरपालिका ६ पोठीयाहिका साह कानु, अभद्र व्यवहार मुद्दामा दोषी ठहर देवाही गोनाही नगरपालिका ७ का राकेश भन्ने रुपेश यादव, रमेश ठाकुर, विजय भन्ने सञ्जय यादव र विवेक यादवलाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरिएको हो । 
    पक्राउ परेका ५ जनालाई फैसला कार्यान्वयन लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij