Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

  • काठमाडौं । भक्तपुरबाट लागुऔषधसहित एक जना मेडिकल व्यवसायी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ मा रहेको राज मेडिकलका सञ्चालक ३६ वर्षीय राजनारायण साहलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेडिकलमा लागुऔषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको थियो । मेडिकलमा चेकजाँच गर्दा विभिन्न चार प्रकारका लागुऔषध फेला परेको नेउपानको भनाई छ ।
    रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका साहलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij