
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । गोरखामा कौडाको खालबाट १२ जना जुवाडे पक्राउ परेका छन् । सोमबार राती करिब १० बजेको समयमा गोरखा नगरपालिका–६ मा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा राजु श्रेष्ठ, शङ्कर बिक, सुमन परियार, भूगोल कोइराला, राम बहादुर मालबुल, मनोज श्रेष्ठ, किसान बहादुर गुरुङ, नवीन थापा विनोद कोइराला, ढाल बहादुर राना, निम बहादुर घले र दिपेश सुनार छन् ।
गोरखा नगरपालिका–६ मा रहेको एक घरमा सोमबार राती १० बजे हारजित हुने गरी कौडा खेलिरहेको जुवाडेको साथबाट अवस्थामा कौडा खेल्न प्रयोग भएको काठको बोर्ड १ थान, कौडा गोटी १८ थान र नगद रु एक लाख पन्ध्र हजार तीन सय असी रुपैयाँ नगद सहित कौडाखेल्न प्रयोग भएको काठको बोर्ड र १८ थान कौडाको गोटी बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुबेदीले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij