Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

साढे २ करोड जरिवाना तोकिएका दिव्य श्रेष्ठ पक्राउ

साढे २ करोड जरिवाना तोकिएका दिव्य श्रेष्ठ पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा २ करोड ५० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–९ घर भएका ३७ वर्षीय दिव्य श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 
    रामबहादुर थिङले दिएको जाहेरीअनुसार सरकार प्रतिवादी भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले श्रेष्ठलाई साढे २ करोड जरिवाना र पीडितलाई थप साढे २ करोड बिगो भराउने फैसला गरेको थियो । २०८० असार ३ मा फैसला भएपछि प्रतिवादी श्रेष्ठ फरार थिए । उनलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij