
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । गोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गरिरहेको आरोपमा दुई ट्रकसहित ५ जनालाई पक्राउ गरिएको छ । मंगलवार र बुधबार गरेर उनीहरूलाई पक्राउ गरिएको हो ।
बुधबार बिहान ४ बजेतिर गोरुसिंगे–तौलिहवा सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–३, चौबीस हजार पुलबाट ना६ख १३०५ नम्बरको ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–१०, भोलाटारका ३५ वर्षीय भीमबहादुर तितुङ पक्राउ परेका हुन् । उनले २३ गोरु बोकेको ट्रकलाई श्वासप्रश्वाससमेत फेर्न गाह्रो हुने गरी त्रिपालले ढाकेर गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाँधी झुण्ड्याएको र नाकबाट रगत बगिरहेको अवस्थामा गोरु ओसारपसार गरिरहेका अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पशुपंक्षीप्रति निर्दयी व्यवहार गरेको आरोपमा उनीहरूलाई कारबाही गरिने बताइएको छ । यसका लागि कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए ।
यसै गरी मंगलबार दिउँसो साढे २ बजेतिर पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रौटा–गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेबाट पनि गोरुलाई अमानवीय तथा निर्दयी तरिकाले बाँधेर ओसारपसार गरिरहेको आरोपमा एक ट्रक चालकसहित ४ जना पक्राउ परेका छन् । बाप्र ३–००१ख १९९२ नम्बरको ट्रकमा २४ गोरुलाई लगिरहेको बेला पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक विराटनगर उपमहानगरपालिका–३, मानगणका ३८ वर्षीय हेमु श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरी कुसाहा नगरपालिका–१३, नहर चोकका ६६ वर्षीय ईरसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम पक्राउ परेका छन् । पशुलाई निर्दयी व्यवहार गर्ने सवारी चालक ४ जना र सवारी साधन नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० ९पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने० को ९१० बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि गत कार्तिक २३ गते पनि शिवराज नगरपालिकाको जवाभारीबाट ना६ख ३७०८ नम्बरको ट्रकसहित २१ गोरु पक्राउ गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij