Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति 

धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति 

  • काठमाडौँ — ‘सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज गुरुङसँग किन सोधपुछसमेत नभएको होला रु’ भन्ने कान्तिपुर दैनिकको मत सर्वेक्षणमा ६६ प्रतिशतभन्दा बढी नेपाली जनताले उनी सत्तारूढ पार्टीका नेता भएको हुँदा अनुसन्धान नगरेको निष्कर्ष दिएका छन् । यो तथ्यले ओली नेतृत्वको सरकार नेता र जनताका लागि अलगअलग व्यवहार गर्दै छ भन्ने पुष्टि भएको छ । नेता धनराज गुरुङको सहकारी ठगी प्रकरण सार्वजनिक भएको ६ महिना बित्न थाल्दासमेत सरकारले अनुसन्धान गर्नेतिर कुनै तदारुकता देखाएको छैन । कारण जनताले सोचेकै जस्तो रहेछ । सामान्य नागरिक वा विपक्षी पार्टीको भए सरकारले उहिल्यै पक्राउ गरी अनुसन्धान थालिसक्थ्यो । दुवैमाथि सहकारीको रकम अपचलनको आरोप लागेको छ । दुवै सांसद हुन् । एउटालाई पक्राउ गर्ने तर अर्कोलाई छाती फुलाएर हिँड्न दिने रु यो असमान व्यवहारले सरकारप्रति जनताको विश्वास गुम्न पुगेको छ । यसले सत्तारूढ कांग्रेस–एमाले दुवैलाई आगामी दिनमा प्रतिकूल असर पार्नेछ । यस्तै पूर्वाग्रही कामले गर्दा नै ठूला दलप्रति जनतामा वितृष्णा उत्पन्न भएको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij