Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

निर्मला पन्त प्रकरण : सिआइबीले गर्‍यो सोधपुछ

निर्मला पन्त प्रकरण : सिआइबीले गर्‍यो सोधपुछ

  • काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोधपुछ गरेको छ । गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । सिआइबीले उनीसँग ३र४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो । उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो । तर बुधबार उनी सम्पर्कबिहीन भएका छन् ।

    images
    images
    images

    उनले मोबाइल घरमै छाडेर हिँडेको एसपी बोगटीले बताए । ‘उहाँको भनाइसँग वास्तविकता मिलेको छैन । हिजो दिनभरमा ३र४ घण्टा सोधपुछ गरेर छाडेका थियौं,’ एसपी बोगटीले भने, ‘घटनाबारे बोलिएका कुराहरू काल्पनिक देखिन्छन् । तथ्यगत कुराहरू केही छैन ।’अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ । अर्यालको सवारी चालक अनुमति पत्रबारे प्रश्न उठेपछि ७७ सालमा बर्खास्त गरेको पनि खुलेको छ । २०५८ सालमा खानेपानी विभागबाट सवारी चालकको रूपमा काम सुरू गरेको र पछि मन्त्रालयमा काजमा पुगेको प्राइमटाइम टेलिभिजन अन्तर्वार्तामा बताएका छन् । उनले त्यसयता १६ जना मन्त्रीको गाडी चलाएको दाबी गरेका छन् ।

    images

    कामकै शिलशिलामा कैलाली पुग्दा उनले घटना देखेको दाबी गरेका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्याको प्रत्यक्षदर्शी समेत रहेको दाबी गर्दै  उनले आफैमाथि अनुसन्धान गर्न पनि माग गरेका छन् । यो अन्तर्वार्ता बाहिरिएपछि संवेदनशील विषयमा कसैले दाबी गरेकै आधारमा समाचारहरू प्रकाशन प्रसारण नगर्न पनि सिआइबीले अनुरोध गरेको छ । ‘संवेदनशील कुराहरू प्रसारण हुँदा आममानिसमा गलत सन्देश जान्छ । नकारात्मक कुराहरूमा पनि विश्वास गर्न थाल्ने हुन्छ,’ एसपी बोगटीले भने, ‘देखेको भए, प्रमाण भएको भए उनले त्यही बेला पनि भन्न सक्थे। तर अहिलेसम्म तथ्यगत कुरा देखिन्‍न।’

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij