
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु ६ लाख ४३ हजार १९० सहित १३ जना पक्राउ परेका छन् ।
स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij