Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप

भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप

  • काठमाडौं । शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।

    images
    images
    images

    जिल्ला अदालत काठमाडौँले भुजेललाई बिहीबारपाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    images

    बुधबार दिउँसो काठमाडाँै शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित शाखु–थलि सडकखण्डमा थलिबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।

    images

    भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij