Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

नुहाउने क्रममा बेपत्ता भएका दुईमध्ये एकको शव फेला

नुहाउने क्रममा बेपत्ता भएका दुईमध्ये एकको शव फेला

  • काठमाडौं । कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जना मृतावस्थामा फेला परेका छन् । अर्का एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपता भएका मिर्चैया नगरपालिका ५ का बिन्देश्वर मण्डलको छोरा १६ वर्षीय रोशन मण्डलको शव फेला परेको हो ।

    images
    images
    images

    उनीसँगै हराइरहेका रामनाथ साहको छोरा १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
    कात्तिके पूर्णिमा नुहाउन गएका उनीहरू नुहाउने क्रममा पानीमा डुबेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा नदीमा तैरिरहेको अवस्थामा फेला पारेको हो । घटनाबारे अनुसन्धानका साथै बेपत्ताको खोजीकार्य भइरहेको जनाइएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij