
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन बनेका छन् ।
केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले ७ दिने सूचना निकालेको छ ।
७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij