
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । एक प्रहरी सहायक निरिक्षकले सगरमाथाको सफल आरोहरण गरेकी छिन् । नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरिक्षक दिपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij