
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ ।
आज (मंगलबार) बिहान साढे ९ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
‘हालसम्म काठमाडौं प्रहरीबाट कुनै कागजात र हवाई टिकट प्राप्त भएको छैन,’ कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij