
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी भएको छ ।
आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् । ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको बताइएको छ ।
सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र सुरक्षा वेश काठमाडौं महानगरपालिका वारुणयन्त्र न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागी नियन्त्रणमा जुटेको थियो । आगलागी बिहान करिव ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij