
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन् ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैँले बोकेको पेस्तोल बायाँ छातिको माथिल्लो भागमा प्रहार गरेको बताए ।
चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए । उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij