Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नेप्सेमा उछाल, ७ अर्बमाथिको कारोबार

नेप्सेमा उछाल, ७ अर्बमाथिको कारोबार

  • काठमाडौं । गभर्नर नियुक्तिको चर्चासँगै आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर २६७७ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मङ्गलवार ३१० कम्पनीका ७३ हजार ०५४ पटकको कारोबारमा १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

    images

    २२९ कम्पनीमा हरियाली छाउँदा १५ कम्पनी घटेका छन् भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

    images

    सिन्धु विकास बैङ्क र सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij