
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । बेपत्ता भएको १२ दिनपछि कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मृत फेला परेका छन् । मोदी गाउँपालिका–३ देउरालीको घैटे जंगलमा आज विहान विकको शव फेला परेको हो ।
विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए ।
परिवारजन, आफन्त र प्रहरीले खोजतलास गरे पनि उनको पत्ता लाग्न सकेको थिएन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij