Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

प्रहरीसँगको भिडन्तमा सात माओवादीको मृत्यु

प्रहरीसँगको भिडन्तमा सात माओवादीको मृत्यु

  • काठमाडौं । माओवादी प्रभावित छत्तीसगढको नारायणपुरमा प्रहरीले भिडन्तमा सात संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । मारिने माओवादीको संख्या बढ्न सक्ने कुरालाई प्रहरीले अस्वीकार गरेको छैन ।

    images
    images
    images

    यस भिडन्तको बारेमा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले भने , “हाम्रो सुरक्षा बलले नक्सलवादी अपरेशनमा सात नक्सलवादीलाई मार्न सफल भएको छ ।”

    images

    यो भिडन्त यस्तो समयमा भएको हो जब गृहमन्त्री अमित शाह तीन दिनपछि बस्तर पुग्न लागेका छन् ।

    images

    बस्तर आईजी सुन्दरराज पीका अनुसार, “डिसेम्बर १० मा नक्सल विरोधी खोज अभियानमा नारायणपुर, दन्तेवाडा, जगदलपुर, कोंडागाउँ जिल्लाको डीआरजीसँग एसटीएफ र सीआरपीएफको संयुक्त टोली दक्षिण अबुझमद क्षेत्रको लागि प्रस्थान गरेको थियो । आज बिहान ३ बजेदेखि संयुक्त सुरक्षा बलको टोली र नक्सलवादीबीच अविरल भिडन्त जारी छ । अहिलेसम्म, खोज अभियानमा सात वर्दीधारी नक्सलवादीको शव बरामद गरिएको छ ।”

    प्रहरीका अनुसार यस अपरेशनमा एक हजारभन्दा बढी सैनिक संलग्न छन् । प्रहरीका अनुसार अहिले पनि भिडन्त र खोजी कार्य जारी छ ।

    यस भिडन्तमा माओवादी केन्द्रिय समितिका एक सदस्यको पनि मृत्यु हुन सक्ने प्रहरी अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । यद्यपी मारिएका संदिग्ध माओवादीको अन्तिम सनाखत हुन सकेको छैन ।

    छत्तीसगढमा माओवादीविरुद्ध प्रहरीले निरन्तर अभियान चलाइरहेको छ । यो वर्ष अहिलेसम्म प्रहरीले भिडन्तमा २ सय १५ जनाभन्दा बढी माओवादी मारिएको दाबी गरेको छ । छत्तीसगढ छुट्टै राज्य बनेपछिको यो सबैभन्दा ठूलो संख्या हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij