
May 19 2025 | २०८२, जेठ ५ गते
कुकुरले मानिसको धेरै भाषा बुझ्छ भन्ने कुरा कतिपयलाई अनौठो लाग्न सक्छ । बस्ने, उठ्ने, आउने, जाने, भुक्ने जस्ता सामान्य शब्द मात्र होइन, कुकुरले मानिसको बोलीका अन्य भाषा पनि बुझ्न सक्छन् भन्ने कुरा अनुसन्धानले पुष्टि गरेको छ ।
सन् २०२१ डिसेम्बर १२ मा प्रकाशित एउटा अध्ययनले कुकुरमा परिचित र अपरिचित भाषा छुट्याउन सक्ने क्षमता भएको उल्लेख छ । हंगेरीको एओट्भोस लोराण्ड विश्वविद्यालयका न्यूरोबायोलोजिस्ट लौरा कुआयाले नेतृत्व गरेको यस अनुसन्धानले कुकुरको मस्तिष्कले भाषागत भिन्नतालाई कसरी बुझ्छ भन्ने नयाँ तथ्य खुलाएको छ । कुआया मेक्सिकोबाट हंगेरी सरेपछि आफ्नो कुन कुनु नाम भएको कुकुरको विभिन्न व्यवहारबाट प्रभावित भइन् । उनी आफ्नो कुकुर कुन कुनले हंगेरी भाषाका शब्दप्रति ध्यान दिएको पत्ता लगाएपछि अनुसन्धान शुरू गर्ने निष्कर्षमा पुगेकी थिइन् ।
अनुसन्धानका क्रममा १८ वटा कुकुरलाई एमआरआई स्क्यानका लागि तालिम दिइएको थियो । स्क्यान गर्दा ती कुकुरहरूलाई स्पेनी भाषामा दि लिटिल प्रिन्सु, हंगेरी भाषामा सोही पाठ र अन्य कुनै अर्थ नराख्ने आवाज सुनाइएको थियो । त्यसको परिणामस्वरूप कुकुरहरूले बोली र अन्य ध्वनिहरू छुट्याउन मात्र नभई परिचित र अपरिचित भाषाको पनि भिन्नता बुझ्न सक्ने देखियो ।
अनुसन्धानले कुकुरको मस्तिष्कले भाषालाई दुई चरणमा लिने गर्छ । प्राथमिक चरणमा यसले बोली र अन्य ध्वनिहरू छुट्याउँछ । त्यस्तै दोस्रो चरणमा यसले परिचित र अपरिचित भाषाको भिन्नता छुट्याउँछ। रोचक कुरा के छ भने, पाको उमेरका कुकुरहरूले विभिन्न भाषा बढी सहजताका साथ छुट्याउन सक्छन् । किनभने उनीहरूले लामो समयदेखि विभिन्न भाषाका ध्वनिहरू सुनेका हुन्छन् ।
मानिसको भाषालाई प्राकृतिक रूपमा बुझ्न सक्ने क्षमताका कारण कुकुरहरू हाम्रो सुन्ने साथी मात्र नभई बुझ्ने साथी रहेको हुन्छ । यसले मानिस र कुकुरबीचको सम्बन्ध अझै नजिक बनाउँछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij