Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । खाना पकाउँदा जलन भएकी दाङ तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वली घरको चुल्होमा खाना पकाउने क्रममा माघ २१ गते बिहान कपडाबाट शरीरमा आगो सल्किँदा जलन भई गम्भीर घाइते भएकी थिइन् ।
उनको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि सोही दिन बुटवलवाट थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंका लागि रिफर गरिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई सोमबार बेलुकी फिर्ता ल्याई पाँच बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । उनको आज बिहान साढे ७ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij