Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जुवा खालबाट दुई युवतीसहित ९ जुवाडे पक्राउ

जुवा खालबाट दुई युवतीसहित ९ जुवाडे पक्राउ

  • काठमाडौं । कैलालीको धनगढीमा होटेल सोल्टीबाट दुई युवतीसहित ९ जुवाडे पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार राती साढे ११ बजे धनगढी उपमहानगरपालिका–४ मा डडेल्धुराको आलिताल गाउँपालिका–३ की २८ वर्षीय पूजा खड्काले सञ्चालन गरेको होटेल सोल्टीबाट जुवाडे पक्राउ परेका हुन् ।

    AGNI GROUP

    गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा हान्दा होटेल सञ्चालिका पूजा खड्का, सहित डडेल्धुराकै आलिताल गाउँपालिका–७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका–३ की २५ वर्षीया हिमा धामी, पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय कालु सिंह धामी पक्राउ परेका हुन् ।

    यस्तै पाटन नगरपालिका–४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका–९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका–३ का ३० वर्षीय मीन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका–८ का ४३ वर्षीय सुरज दौल्याल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ९७ हजार ६७२ रुपैयाँ र २ गड्डी तास बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij