Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दैलेखमा ११ वर्षीय बालकको हत्या, २ जना पक्राउ

दैलेखमा ११ वर्षीय बालकको हत्या, २ जना पक्राउ

  • काठमाडौं । दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ । गत माघ २५ गतेदेखि हराएका ति बालकको हत्या गरेको अभियोगमा आइतबार २ बालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    माघ २५ गतेदेखि सम्पर्कबिहीन भएका उनलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए ।

    AGNI GROUP

    हराएका बालकको हुलिया परिपत्र गरि प्रहरीले खोजतलास गरेको थियो । अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरुले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ । उनीहरुले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने बिषयमा बिवाद हुँदा ती बालकलाई आफ्नौ साथीले माघ २५ गते राति नै हत्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए ।

    यहीँ फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो । उनीहरुविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij