Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

तस्करीको आशंकामा गाडीसहित चालक पक्राउ

तस्करीको आशंकामा गाडीसहित चालक पक्राउ

  • काठमाडौं । सप्तरी प्रहरीले तस्करीको आशंकामा टाटा विङ्गरबाट खाद्य सामग्री बरामद गरेको छ । खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो ।

    onlinepatrika
    Arghakhachi
    ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा राति ११ बजे भन्सार छलेर ल्याइएको १६ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको सामग्री बरामद भएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

    यसक्रममा चालक खडक नगरपालिका-८ का ४३ वर्षीय भगवत चौधरी पक्राउ परेका छन् । विङ्गरमा माउन्टेन डिउ, जिरालगायत खाद्य सामग्री रहेको खतिवडाले बताए ।

    AGNI GROUP

    बरामद सामान, विङ्गर र चालकलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij