Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

होस्टल व्यवसायी संघद्वारा लम्सालको रहस्यमय मृत्यु प्रकरणमा गम्भीर ध्यानाकर्षण

होस्टल व्यवसायी संघद्वारा लम्सालको रहस्यमय मृत्यु प्रकरणमा गम्भीर ध्यानाकर्षण

  • काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युप्रति होस्टल व्यवसायी संघ नेपालले गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

    onlinepatrika
    Arghakhachi

    होस्टल व्यवसायी संघ नेपालका अध्यक्ष सुनिल भेटवाल र सिंगो होस्टल व्यवसायीहरुको तर्फबाट प्रकृति लम्सालको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना समेत गरेको छ।

    AGNI GROUP

    संघले आज एक शोक विज्ञप्ति जारी गर्दै लम्सालको असामयिक निधनले सम्पूर्ण नेपाली विद्यार्थी समुदायलाई स्तब्ध बनाएको उल्लेख गरेको छ। साथै, घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न भारत सरकार, केआईआईटी प्रशासन र नेपाल सरकारलाई आग्रह गरिएको छ।

    होस्टल व्यवसायी संघ नेपालका अनुसार विदेशी भूमिमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सवाल अत्यन्त संवेदनशील विषय भएकोले यस घटनामा तत्काल छानबिन हुनुपर्दछ। संघले निम्न चार प्रमुख बुँदामा विशेष ध्यान दिन सम्बन्धित पक्षसँग माग गरेको छः

     

    १. भारत सरकार र केआईआईटी विश्वविद्यालय प्रशासनले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गरोस्।
    २. नेपाल सरकार (परराष्ट्र मन्त्रालय) ले भारतीय पक्षसँग समन्वय गरी पारदर्शी छानबिन प्रक्रिया सुनिश्चित गरोस्।
    ३. मृतकका परिवारजनलाई न्याय दिलाउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइयोस्।
    ४. विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारले प्रभावकारी नीति निर्माण गरोस्।

    संघले विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीहरूको हकहित संरक्षणका लागि नेपाल सरकारले गम्भीर रूपमा पहल गर्नुपर्नेमा जोड दिएको छ। 

    मर्यादित र व्यवस्थित होस्टलको पक्षमा आवाज उठाउँदै आइरहेको संघले प्रकृतिको रहस्यमय मृत्यु प्रकरणबारे मौन बस्नु मनासिब नहुने भएकोले यसबारे सत्यतथ्य छानबिनको ध्यानाकर्षण गराइएको संघका केन्द्रिय अध्यक्ष सुनिल भेटवालले बताउनुभयो ।

    संघका अध्यक्ष भेटवाल र सिंगो होस्टल व्यवसायीहरुको तर्फबाट प्रकृति लम्सालको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना समेत गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij